+
+
Shares

ठेकेदारको लापरबाहीले गुल्मीको देउराली–कमेरपानी सडक अलपत्र

अनिल खत्री अनिल खत्री
२०८२ भदौ ४ गते ९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रेसुङ्गा नगरपालिका–७ देउराली–कमेरपानी सडक स्तरोन्नति कार्य ठेकेदार कम्पनीले तोकिएको म्यादभित्र पूरा नगर्दा स्थानीयवासीलाई समस्या भएको छ।
  • सडक निर्माणको सम्झौता २०८१ मंसिर २४ गते भएको र २०८२ जेठ १५ गते सम्पन्न गर्नुपर्ने भए पनि भौतिक प्रगति शून्य प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
  • स्थानीयवासी र जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई काममा ढिलाइप्रति ध्यानाकर्षण गराएका छन् र तत्काल काम निरन्तरता दिन निर्देशन माग गरेका छन्।

४ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–७ अन्तर्गत देउराली–कमेरपानी सडक खण्डमा स्तरोन्नति तथा निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासीलाई सास्ती भएको छ ।

वडाकार्यालयसम्म पुग्ने यो सडक स्थानीय बासिन्दा र यात्रुका लागि मुख्य यातायात मार्ग हो ।

लामो समयअघि ठेक्का सम्झौता भए पनि ठेकेदार कम्पनीले तोकिएको म्यादमै काम पूरा नगर्दा सडक अलपत्र छ ।

सडक निर्माण कार्य थालिएको करिब एक वर्ष नाघिसक्दा पनि अहिलेसम्म उल्लेखनीय प्रगति भएको छैन ।

ठेक्का सम्झौतामा तोकिएको समय सकिँदा पनि भौतिक प्रगति शून्य प्रतिशत रहेको छ ।

सडक मर्मत, ग्राभेल, कालोपत्रे तथा अन्य आवश्यक संरचना निर्माण कार्य समयमै नभएकाले आवतजावत गर्ने साधन र स्थानीय  समस्यामा परेका छन् ।

वर्षातको समयमा सडक हिलोले जोखिमपूर्ण बन्ने गरेको छ । आपतकालीन अवस्थामा बिरामीलाई अस्पताल लैजान पनि कठिन हुने स्थानीयवासी बताउँछन् ।

रेसुङ्गा नगरपालिका वडानम्बर–७ कावडाध्यक्ष राम्जी पन्थीका यसबारे सम्बन्धित निकायसँग पटक–पटक ध्यानाकर्षण गराए पनि ठेकेदार कम्पनीले चासो नदिएको गुनासो छ ।

उनले तत्काल काम सम्पन्न गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराइए पनि ठोस पहल नभएको बताए ।

यसअघि सडक स्तरोन्नति भएपछि यातायात सहज हुने अपेक्षा गरिएको थियो । तर, ठेकेदार कम्पनीको ढिलासुस्ती र गैरजिम्मेवारीपनाले सडक अलपत्र भएपछि स्थानीयस्तरमा आक्रोश बढेको छ ।

जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले पनि यस विषयमा आवश्यक पहल गर्नुपर्ने दबाव बढ्दै गएको छ ।

धुलो, हिलो र दुर्घटनाको जोखिमसँग जुध्नुपर्ने बाध्यता बनेको स्थानीय सन्दीप थापाले बताए ।

सडकको अवस्थाका कारण कृषि जन्य उत्पादीत सामाग्री बजार पठाउन समस्या हुने गरेको उनले बताए । स्थानीय पूर्वाधार विकास कार्यालय बुटवल मार्फत काम लगाइएको हो ।

सडकको एसएन कन्टक्सन चागुनारायण काठमाडौंले २०८१ मंसिर २४ गते सम्झौता गरेर २०८२ जेठ १५ गते सम्पन्न गर्नुपर्ने म्याद रहेको थानीय पूर्वाधार विकास कार्यालय बुटवल इन्जिनियर रमेश भण्डारीले बताए ।

कालोपत्रे, ढलान सहित जम्मा ९३० मिटर सडक निर्माण गर्नु रहेको थियो । तर निर्माण व्यवसायीले हालसम्म २ सय मिटर मात्रै नाली बनाएको इन्जिनियर भण्डारीले बताए ।

सडकमा निर्माण कम्पनीले काम गर्न चासो नदेखाएकाले समय सिमा भित्र कुने पनि काम हुन नसकेको कार्यालयले जनाएको छ । सडकको हालसम्म भौतिक र वित्तिय प्रगती शुन्य रहेको भण्डारीको भनाइ छ ।

तोकिएको म्याद भित्र काम नगर्दा सडक निर्माणको लागि आगामी शीर्षकमा कुनै पनि रकम नभएकाले काम गराउन पनि समस्या रहेको कार्यालयले जनाएको छ ।

ढिलासुस्तीबारे प्रशासनको ध्यानाकर्षण

रेसुङ्गा नगरपालिका–७ का स्थानीयवासीले देउरालीदेखि कमेरपानीसम्मका सडक खण्डको निर्माण कार्यमा भएको ढिलासुस्तीप्रति जिल्ला प्रशासन कार्यालय गुल्मी प्रति गम्भीर ध्यानाकर्षण गराएका थिए ।

सडक कालोपत्रे गर्ने कार्यका लागि जिल्ला स्तरीय ठेक्का प्रक्रिया अन्तर्गत सम्झौता भएको भए पनि हालसम्म प्रगति नभएको स्थानीयको गुनासो गरेका थिए ।

वडाअध्यक्ष सहितका जनप्रतिनिधी र स्थानीयहरु प्रशासन कार्यालय पुगेका थिए ।

सम्झौताअनुसार समयमै काम अगाडि नबढाइ सडक खन्ने कार्य जथाभावी र अव्यवस्थित रूपमा गरिएकोले सडक जीर्ण र जोखिमयुक्त बनेको स्थानीयले बताएका छन् ।

नाली व्यवस्थापन समेत असावधानीपूर्वक गरिएकोले आसपासका वस्ती डुवान र भासिने जोखिममा परेको छ ।

साथै विद्यालय बस आवागमन अवरुद्ध हुनुका साथै पैदल यात्री तथा मोटरसाइकल चालकलाई समेत ठूलो असुविधा भएको प्रति प्रशासनलाई जानकारी गराएका थिए ।

निर्माण कम्पनीलाई तत्काल सम्पर्कमा ल्याई काम निरन्तरता दिन निर्देशन दिनुपर्ने र आवश्यक सहयोग, सहजीकरण तथा समन्वयमा सक्रिय पहल गर्न प्रशासन समक्ष माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?