+
+

‘कोरोना संक्रमण दर घट्दै गइरहेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १८:४५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्र/फाइल तस्वीर

२१ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण दर घट्दै गइरहेको बताएकी हुन् ।

शुक्रबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो क्रममा रहेको र त्यसको प्रभाव नेपालमा पनि परेको बताइन् ।

स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेका भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न सबैसँग पुनः सचेत गराइन् ।

पछिल्लो तथ्यांकले पनि नेपालमा संक्रमण दर घट्दै गएको देखाएको उनको भनाइ छ । उनले भनिन्, ‘बढी सतर्कता अपनाएर पनि यसको दर घटेको हुनसक्छ । स्वास्थ्य मापदण्ड अपराउने, भीडभाडमा नजाने र खोप लगाउने काम गर्नु पर्‍यो । हाम्रो प्रक्षेपण चाहिं के छ भने यसको दर घट्दो अवस्थामा छ ।’

नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको समेत उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?