+
+

सरोकारवालाको सुझाव : फागुनदेखि विद्यालय खोलौं

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १९:३०
फाइल तस्वीर

२१ माघ, काठमाडौं । सरोकारवालाहरुले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) लाई फागुनदेखि विद्यालय खोल्नुपर्ने सुझाव दिएका छन् ।

सीसीएमसीले शुक्रबार सरोकारवाला निकायलाई विद्यालय सञ्चालन गर्ने/नगर्ने सम्बन्धी राय लिने क्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।

‘आज सीसीएमसीसीले के गर्दा उपयुक्त हुन्छ भनेर राय लिएको छ । अब त्यही आधारमा निर्णय लिन्छ होला । अधिकांशबाट विद्यालय खोल्नुपर्छ भन्ने सुझाव आएको छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले भने ।

विद्यालय सञ्चालन गर्ने नगर्ने भन्ने विषयमा सबैले केन्द्रले रोकिराख्नुहुन्न । डीसीसीएमसीको समन्वयमा स्थानीयले विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय गर्न अधिकार दिनुपर्ने कुरा भएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भन्डारीले बताए । उनले भने, ‘विद्यालय खोल्नुपर्छ भन्ने एक मत हो । र अब विद्यालय सञ्चालनको विषयमा डीसीसीएमसीको समन्वयमा स्थानीय तहले विद्यालय बन्द गर्ने अथवा सञ्चालन गर्ने जिम्मेवारी दिनुपर्छ भन्ने अधिकांशको सुझाव थियो ।’

आजको छलफलमा अब सिंहदरबारले नै सबै जिल्लाको विद्यालय खोल्ने, बन्द गर्ने निर्णय गर्न नहुने सरोकारवालाले जोड दिएको उनको भनाइ छ ।

७० प्रतिशत विद्यार्थीलाई खोप लगाइएको र लामो समयसम्म बालबालिकालाई विद्यालय बाहिर राख्नुहुँदैन भनेर माघ अन्तिमसम्म तयारी गरेर फागुनदेखि विद्यालय खोल्नुपर्ने सुझाव दिएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । सापकोटाले भने ‘७० प्रतिशत बालबालिकाले खोप लगाइसकेका छन् । छुटेका विद्यार्थीलाई पनि खोप लगाइरहेको अवस्थामा अब लामो समय विद्यालय बन्द गर्नुहुँदैन भन्ने हाम्रो कुरा हो । धेरैले यहि कुरा राख्यौं ।’

शुक्रबार भएको छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, संघीय मामिला मन्त्रालयका प्रतिनिधि, अभिभावक महासंघका, प्याब्सन, एन प्याब्सन, गाउँपालिका महासंघका अध्यक्षहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?