+
+

क्यानडामा कोरोना खोपविरुद्ध देशव्यापी प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते ११:४४

२३ माघ, काठमाडौं । क्यानडामा कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य बनाइएको विरोधमा सुरु भएको प्रदर्शन देशभर फैलिन थालेको छ । राजधानी ओटावाबाट अन्य सहरमा समेत कोभिड खोपविरुद्धको प्रदर्शन देशव्यापी बन्न थालेको हो ।

शनिबार क्यानडाका कैयौं सहरमा हजारौं मानिसले शान्तिपूर्ण जुलुस निकाल्दै कोभिड खोपविरुद्धको प्रदर्शनमा सहभागी भएका छन् । सुरुमा ट्रक ड्राइभरले सुरु गरेको प्रदर्शनमा अन्य मानिससमेत सहभागी हुन थालेको अलजजिराले जनाएको छ ।

राजधानी ओटावामा झण्डै पाँच हजार मानिसले प्रदर्शन गरेको प्रहरीले जनाएको छ । त्यस्तै, क्यानडाको सबैभन्दा ठूलो सहर टोरन्टोमा समेत कैयौं मानिस जम्मा भएर प्रदर्शन गरेका थिए । क्विबेक, फ्रेडेरिक्टज र विनिपेगमा पनि कोभिड खोपविरुद्ध प्रदर्शन भएको समाचारमा उल्लेख छ ।

‘हामीहरू अनिवार्य नियम, त्रास र ठूलो जेलमा बस्दा-बस्दै वाक्कदिक्क भएका छौं’ रोबर्ट नामक प्रदर्शनकारीले रोइटर्स समाचार माध्यमलाई भने, ‘उनीहरूले खोप भनेको विषलाई नलगाइकनै सामान्य अवस्थामा फर्किन चाहन्छौं ।’

‘फ्रिडम कन्भोय’ समेत भनेर क्यानडा र अमेरिकाको सीमा वारपार गर्ने ट्रक ड्राइभरले अनिवार्य कोभिड खोपविरुद्ध सुरु गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री जस्टिन ट्रुडो र सार्वजनिक स्वास्थ्यसम्बन्धी मापदण्डको आलोचना गर्न समेत थालिएको छ ।

प्रदर्शनकारीले आठ दिनदेखि ओटावाको केन्द्र भाग ठप्प पारिरहेका छन् । तर प्रहरीले अमेरिमा रहेका सहानुभूतिकर्ताबाट प्राप्त आर्थिक सहयोगमा प्रदर्शनकारी भर परेको बताएको छ । यसैबीच, ओटावाबासीले प्रदर्शनका कारण सडक अस्तव्यस्त भएको भन्दै प्रदर्शनकारीबाट ८० लाख डलर क्षतिपूर्ति माग गरेका छन् ।

‘ट्रक ड्राइभरले ७-८ दिनदेखि हामीलाई आतंकित बनाइरहेका छन्’ विश्वविद्यालयका विद्यार्थी स्याफ्रन बाइन्डरले एएफपीसँग भने, ‘सडकलाई कब्जा गर्ने कार्य बन्द हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?