+
+

बेजोसको पानी जहाज छिराउन ऐतिहासिक पुल भत्काइँदै, नेदरल्याण्डमा तीव्र विवाद

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १४:२०

२३ माघ, काठमाडौं । १ खर्ब ७५ अर्ब डलर सम्पत्तिका मालिक तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोस नेदरल्याण्डको भ्रमणमा जाँदैछन् ।

नेदरल्याण्डको भ्रमणका क्रममा बेजोस त्यहाँको मुख्य सहर रोटरडम पनि जानेछन् र सुपरयाच (विशेष पानी जहाज) बाट सहर घुम्नेछन् । तर उनको त्यहीँ सुपरयाच यात्रालाई लिएर अहिले तीव्र विवाद पैदा भएको छ ।

वास्तवमा रोटरडम नगर परिषदले सहरको ऐतिहासिक कोनिंग्सहेवन पुल भत्काउने निर्णय गरेको छ । नदीमा जेफ बेजोसको पानी जहाज यात्रालाई सहज बनाउन र जहाज छिराउनका लागि उक्त पुल भत्काउने निर्णय गरिएको हो ।

नगर परिषदका प्रवक्ताले पुल भत्काउने कुराको पुष्टि गर्दै त्यसको पूरै खर्च बेजोसले व्यहोर्ने बताए ।

बेजोसको यात्राका लागि तयार भैरहेको सुपरयाच निकै ठूलो आकारको छ । जसका कारण त्यो पानी जहाज उक्त ऐतिहासिक पुल मुनिबाट छिर्न सक्दैन । उक्त आलिशान सुपर याचको लम्बाई १२७ मिटर र उचाइँ ४० मिटर छ । नेदरल्याण्डको ओशनको कम्पनीले उक्त पानी जहाज बनाइरहेको छ ।

स्थानीय भाषामा डी हेफे नामले चर्चित उक्त ऐतिहासिक पुलको बीचको भागलाई अस्थायी रुपमा भत्काइनेछ ता कि ४० मिटर अग्लो सुपरयाच अगाडि जान सकोस् ।

स्टिलबाट बनेको उक्त पुल १ सय ४५ वर्षअघि अर्थात् सन् १८७७ मा निर्माण भएको हो । उक्त पुल रोटरडम सहरको पहिचान बनिसकेको छ र देशको धरोहरमा समेत सामेल छ ।

Y721 नाम का यह जहाज अपने क़िस्म का दुनिया का सबसे बड़ा जहाज होगा. कहा जा रहा है कि इस जहाज में कई आधुनिक और आलीशान फ़ीचर है.

सन् २०१४ देखि २०१७ सम्म यातायात रोकेरै यो पुलको व्यापक रुपमा मर्मत गरिएको थियो । त्यसबेला अधिकारीहरुले यो पुल नभत्काइने र मर्मत गरिने बताएका थिए ।

अहिले जेफ बेजोसको पानी जहाज छिराउन सो ऐतिहासिक पुल भत्काउने नगर परिषदको निर्णयको मानिसहरुले व्यापक विरोध गरिरहेका छन् ।

नगरपरिषदले पनि सुपरयाचको निर्माण र बेजोसको यात्राले सहरको निर्माण क्षेत्रमा धेरै रोजगारी पैदा हुने दाबी गरेको छ । जसका कारण उक्त योजनालाई स्वीकृति दिइएको परिषदको भनाइ छ । बेजोसको यात्रा पश्चात् उक्त पुललाई पुनः पहिलेकै अवस्थामा पुनर्निर्माण गरिने नगर परिषदले जनाएको छ ।

रॉटरडैम

नगरपरिषदका अधिकारी मार्सेल वालराभेन्सका अनुसार उक्त सुपरयाच अन्त कतै बनाउनु सम्भव थिएन । आर्थिक दृष्टिकोणबाट पनि यो परियोजना निकै महत्वपूर्ण छ । पानी जहाज निर्माण कार्य रोटरडमको प्रतिष्ठा भएको भन्दै उनले रोटरडमलाई युरोपको जलयात्राको राजधानी (मेरिटाइम क्यापिटल) भनिने कुराको पनि स्मरण गराएका छन् ।

रोटरडम बन्दरगाह युरोपको सबैभन्दा ठूलो बन्दरगाह हो र संसारके ठूलो मध्येको एक हो । पानी जहाज उद्योग पनि सहरमा निकै फस्टाएको छ । उक्त सुपरयाच अमेजन कम्पनीका लागि निर्माण भैरहेको छ जसको नाम Y721 हो । यो संसारको सबैभन्दा ठूलो सुपरयाच हुनेछ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?