+
+

कर्णालीमा मन्त्रिपरिषद् विस्तार : गैरसांसदसहित ५ मन्त्री थपिने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १६:०८

२३ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारलाई पूर्णता दिने भएका छन् ।

१६ कातिकमा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गर्न लागेका हुन् ।

आइतबार माओवादी केन्द्र र काँग्रेसबाट दुई-दुई जना र एकीकृत समाजवादीबाट एकजना मन्त्री थपिने छन् ।

‘कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे छलफल भइरहेको छ’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव राज रोकायाले भने, ‘आजै बेलुकासम्म मन्त्रिपरिषद विस्तार हुन्छ ।’

माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) मन्त्री बन्नेछन् । गैर सांसदलाई मन्त्री बनाएको भन्दै माओवादी केन्द्र संसदीय दलभित्रै नेताहरूले असन्तुष्टि जनाएका छन् । तर लामालाई मन्त्री बनाउने तयारी छ ।

नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बिसी र दैलेखका हिमबहादुर शाही मन्त्री बन्ने छन् । बीसी यसअघि माओवादी केन्द्र नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री थिए भने प्रमुख सचेतक शाही पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

एकीकृत समाजवादीबाट जुम्लाका पदमबहादुर रोकाया मन्त्री भएका छन् ।

मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?