+
+

सुन, मोबाइल र ल्यापटपसहित त्रिभुवन विमानस्थलबाट चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १७:३४

२३ माघ, काठमाडौं । अवैध रुपमा भन्सार छली ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित चारजनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका-८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्‍वकर्मा, झापा शिवसताक्षी नगरपालिका-९ का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी छन् ।

जजिरा एयरको फ्लाइटद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका पदमबहादुर, मानसिंह र समिर गरी तीनैजनाको साथबाट साथबाट ५८/५८ ग्राम बराबरको सुनको सिक्री, तीन/तीन थान मोबाइल र एक/एक थान ल्यापटपसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त सामानहरू भन्सार छली ल्याउन गोकुलले लगाएको भनी खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुलसमेतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानहरूसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?