+
+

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो आकर्षक मुद्दति खाता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १९:४५

२३ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा ‘एनआईबिएल गज्जब ६ मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।

भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त छ ।

निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने तथा यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने बैंकले जनाएको छ । न्यूनतम १० हजारमा खोल्न सकिने मुद्दति खाता खोल्न सकिने योजनामा निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने तथा सावाँ तथा पाकेको ब्याजको ९०५ सम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?