+
+

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एमसीसीबारे छलफल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १६:०९
फाइल तस्वीर

२४ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्टबारे छलफल गर्ने भएको छ ।

सोमबार बसेको बैठकमा भीम रावल लगायतका सांसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) लाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको संयुक्त पत्रमाथि प्रश्न उठाएका थिए । समिति सभापति पवित्रा निरौला खरेलले पनि यसरी पत्र पठाउनु अशोभनीय भएको बताइन् ।

साथै एमसीसीबारे जनस्तरमा पनि आवाज उठेकाले आगामी बैठकमा एजेण्डा नै बनाएर छलफल गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?