+
+

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १८:०८

२४ माघ, काठमाडौं। सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यसबीचमा प्राविधिकहरुले यो विमानस्थलमा यान्त्रिक उडान गर्न आवश्यक तयारी गरिरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार कम्पनीले यसअघि दिएको अनुमानित मितिभन्दा एक साता अगाडि नै नेपाल ल्याउन आग्रह गरिए अनुसार मिति तय भएको हो । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे÷नगरेको हेरिने छ । त्यसपछि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान गरिने छ ।

गौतमबुद्ध विमानस्थलमा उपकरण जडानसहति प्राविधिक कामको जिम्मेजारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको छ । जहाज ल्याउने र क्यालिब्रसन उडान गर्ने जिम्मेवारी समेत सोही कम्पनीको हो ।

महानिर्देशक अधिकारीका अनुसार विमानस्थलको भौतिकतर्फको काम शतप्रतिशत पुरा भइसकेकेको छ । अब प्राविधिकतर्फको परीक्षणको काम सकिएपछि विमानस्थल व्यवसायिक रुपमा संचालनका लागि योग्य बन्नेछ ।

क्यालिब्रेसन उडानका दौरान कन्ट्रोल टावरको समेत परीक्षण हुने छ । भैरहवा विमानस्थलको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । राष्ट्रिय गौरवका आयोजनामध्ये सम्भवतः सबैभन्दा कम समयमा पुरा हुने आयोजनाका रुपमा यो आयोजना रहेको छ ।

भैरहवामा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको विमानस्थल बनेको छ । यसले अब त्रिभुवन विमानस्थलको विकल्प समेत दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?