
२५ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।
मंगलबार साँझ कोइराला बालकोट पुगेका उनी निकट एक नेताले अनलाइनखबरलाई जानकारी दिए । दुई नेताबीच के विषयमा कुराकानी भएको छ भन्ने खुलेको छैन ।
कोइराला निकट ती नेताका अनुसार एमाले अध्यक्ष ओलीले कोइरालासँग केही दिनअघि भेट्न प्रस्ताव गरेका थिए । तर कोइराला उपत्यका बाहिर भएकाले भेट भएको थिएन । भेटमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र संसद अवरोधबारे कुराकानी भएको स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4