+
+

प्रहरी भर्ना गर्न संघीय सरकारको मुख नताकौं : पूर्वमन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १५:५४

२६ माघ, जनकपुरधाम । मधेश प्रदेशका पूर्वमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश प्रहरी भर्ना गर्न संघीय सरकारको मुख ताक्न नहुने बताएका छन् ।

प्रदेश सभाको बुधबारको बैठकमा उनले संघीय सरकारले पनि प्रहरी भर्ना गर्न प्रदेशलाई अवरेध गर्न नहुने बताए । ‘प्रदेशले आफ्नो प्रहरी आफैं भर्ना गर्नुपर्छ’ उनले भने, ‘कसैको मुख ताक्नुभएन ।’

प्रदेश सरकार संघीय सरकारको मातहतको अंग नभएको भन्दै पूर्वमन्त्री यादवले शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन प्रहरी भर्ना गर्नुपर्ने धारणा राखे ।

बुधबार मधेशको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले प्रहरी भर्नासम्बन्धी कानुन अगाडि बढाउन संघीय सरकारले ध्यान नदिएको भन्दै संकल्प प्रस्ताव पेश गरेका थिए । सो संकल्प प्रस्तावमाथिको छलफलमा बोल्दै जसपाका नेतासमेत रहेका यादवले उक्त कुरा बताएका हुन् ।

छलफलमा भाग लिँदै नेकपा माओवादी केन्द्रका सांसद जगत यादवले प्रदेश सरकारले आफ्नै प्रहरी गठन गर्नुपर्ने बताए । उनले संघीय सरकारको मुख हेरेर बस्न नसकिने धारणा राखे ।

लोसपा सांसद परमेश्वर साहले यसअघि प्रदेश प्रहरी ऐनको विरोध गर्नेहरु अहिले वकालत गर्न थालेकामा खुशी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?