+
+

गोकर्णेश्वरमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १७:४१
श्री खगेन्द्र नवजीवन वशेष शिक्षा माध्यमिक विद्यालयमा अध्ययन गर्दै विद्यार्थीहरु । 

२६ माघ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् ।

सरकारले फागुन १ गतेदेखि मात्रै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भन्दै नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले सबै क्षेत्र खुला हुँदा विद्यालय मात्रै बन्द गरेर बालबालिकालाई सिकाइबाट वञ्चित गराउनुहुँदैन भनेर खोल्ने निर्णय भएको बताउँछिन् । उनले भनिन्, ‘पार्टी प्यालेस, सार्वजनिक यातायात, बिहे, भोज सबै खुला छ । विद्यालय मात्रै बन्द गरेर बालबालिकालाई पढ्नबाट वञ्चित गराउनुहुँदैन भनेर खोल्न निर्णय गरेका हौं ।’

नगरपालिकामा अनलाइन कक्षाको पहुँचमा भएका बालबालिकाको संख्या न्यून भएको र पहुँचमा भएकाहरु पनि पढाइमा भन्दा अन्य कुरामा भुलिएको अभिभावकको गुनासो आएपछि अभिभावकको सहमतिमा विद्यालय खोल्ने निर्णय भएको उनले बताइन् । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिरहेको नगरपालिकाले दाबी गरेको छ ।

बालबालिकालाई दोस्रो डोजको खोप पनि नगरपालिकाले लगाउन थालेको छ ।

तस्वीरहरुः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?