
२६ माघ, जनकपुरधाम । मधेश प्रदेशमा जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ ।
मंगलबार बसेको प्रदेश सभाको बैठकमा यो विधेयक सर्वसम्मतिले पारित भएको हो । २०७६ साल असार महिनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको यो विधेयक झण्डै अढाइ वर्षपछि पारित भएको हो ।
प्रदेशभित्रको सार्वजनिक महत्वको बिषयमा जाँचबुझ गर्न यो विधेयक बनाइएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले बताए । प्रदेश सरकारले यसको गठन गर्ने उनले बताए ।
आयोगमा पूर्वन्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश सरकारका बहालवाला सचिव, सहसचिव वा पूर्वसचिव वा उपसचिव अध्यक्ष र सम्बन्धित बिषयका विज्ञसहित अन्य बढीमा दुई जना सदस्य रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4