
२७ माघ, काठमाडौं । भक्तपुरको बालकोट निवासी देशान्तर ग्रुपका अध्यक्ष कबिर राणाले आमा मीनकुमारीको नाममा अक्षय कोष स्थापना गरेका छन् ।
१३ औं दिनको पुण्य तिथिमा राणाले ३१ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।
यस कोषको ब्याजबाट आउने रकमले पत्रकारिता, खेलकुद र समाजसेवामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई बर्सेनि पुरस्कृत गर्ने र भक्तपुरका विपन्न, अशक्त तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने देशान्तर साप्ताहिकका प्रधान सम्पादकसमेत रहेका कबिर राणाले बताए ।
मीनकुमारी ट्रष्टको संरक्षक कबिरका बुवा कोमलविक्रम राणा छन् । छोराहरु कबिर र रवि तथा नाती विक्रान्त विक्रम राणा सञ्चालक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4