+
+

सावित्राले भनिन् : अब चाँडै मैदान फर्किनेछु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते २०:५४

२७ माघ, काठमाडौं । नेपाली महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी अर्थात साम्बा कतारमा उपचार गरेको करिब ७ महिनापछि मंगलबार नेपाल फर्किइन् ।

कतारमा घुँडाको शल्यक्रिया गरेर फिजियो थेरापीपछि नेपाल फर्किएकी सावित्राले उपचारपछि सहज महसुस गरेको बताएकी छन् । ‘६ महिना भन्दा लामो समय कतारको विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा शल्यक्रिया, फिजियो थेरापी र ग्राउन्ड रिहाबपछि मेरो उपचार अन्तिम चरणमा आइपुगेको छ । उपचारपछि मैले केही सहज महसुस गरेको छु’ उनले भनेकी छन् ।

महिला फुटबल टोलीमा गोल मेसिनका रुपमा परिचित उनले आफ्नो खेल जीवनमै पछिल्लो एक वर्ष पीडादायी रहेको र चोटका कारण फेरि मैदान फर्कन सक्दिन कि भन्ने चिन्ताले सताएको समेत बताएकी छन् ।

‘गत वर्ष लिग खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण फेरि मैदानमा फर्कन सक्दिन भन्ने चिन्ताले धेरै सताएको थियो । त्यस्तो अवस्थाबाट अखिल नेपाल फुटबल संघको पहल र कतार फुटबल संघको सहयोगमा मेरो उपचार सम्भव भएको छ’ सावित्राले लेखेकी छिन् ।

यस्तै सावित्राले चाँडै ठीक भएर मैदान फर्कँदै फुटबल प्रेमीलाई खुशी बनाउन कोशिस गर्ने पनि जनाएकी छिन् । ‘कमजोर मनोबल हुँदा सधैं मेरो हौसला बढाउने सञ्चारमाध्यम, फुटबल परिवार, फुटबलप्रेमी, शुभचिन्तक सबैलाई धन्यवाद दिन चाहन्छु । आशा छ पूर्ण रुपमा ठीक भएर चाँडै मैदान फर्किएर फुटबल प्रेमीहरुलाई खुसी बनाउन कोशिस गर्नेछु’ सावित्राले भनेकी छन् ।

गत वर्ष भएको महिला राष्ट्रिय लिगमा नेपाल पुलिस विरुद्ध खेल्ने क्रममा एपीएफ क्लबकी सावित्राको घुँडामा चोट लागेको थियो । त्यसपछि लिगको बाँकी खेल गुमाएकी सावित्राले एएफसी वुमन्स एसिया कप क्वालिफायर समेत खेल्न पाइनन् ।

अब भने फेरि ठीक भएर मैदानमा फर्कने तयारीमा सावित्रा छिन् ।

सावित्राले के लेखिन् फेसबुकमा ?

धन्यवाद –

खेल जीवनमा पछिल्लो झण्डै एक वर्ष मेरा लागि सबैभन्दा पीडादायक रह्यो । गत वर्ष लिग खेल्ने क्रममा घुँडामा लागेको चोटका कारण फेरि मैदानमा फर्कन सक्दिन भन्ने चिन्ताले धेरै सताएको थियो । त्यस्तो अवस्थाबाट अखिल नेपाल फुटबल संघको पहल र कतार फुटबल संघको सहयोगमा मेरो उपचार सम्भव भएको छ ।

६ महिना भन्दा लामो समय कतारको विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा शल्यक्रिया, फिजियो थेरापी र ग्राउन्ड रिहाबपछि मेरो उपचार अन्तिम चरणमा आइपुगेको छ । उपचारपछि मैले केही सहज महसुस गरेको छु । मेरो उपचारमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने एन्फा परिवार, सशस्त्र प्रहरी बल, एपिएफ क्लब, कतार फुटबल संघ, डाक्टर, नर्स, फिजियोथेरापिष्टलगायत अन्य कर्मचारी, प्रति विशेष आभार व्यक्त गर्दछु ।

साथै कमजोर मनोबल हुँदा सधैं मेरो हौसला बढाउने सञ्चारमाध्यम, फुटबल परिवार, फुटबलप्रेमी, शुभचिन्तक सबैलाई धन्यवाद दिन चाहन्छु । आशा छ पूर्ण रुपमा ठीक भएर चाँडै मैदान फर्किएर फुटबल प्रेमीहरुलाई खुसी बनाउन कोशिस गर्नेछु ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?