२९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले बराबरी खेलेका छन् ।
यो बराबरीले उपाधि होडमा अगाडि रहेको मछिन्द्र क्लबलाई फाइदा पुगेको छ । शनिबारको खेल सकिँदा पहिलो स्थानमा रहेको मछिन्द्र क्लब दोस्रो स्थानमा रहेको मनाङ भन्दा ६ अंकले अगाडि छ ।
खेलको दोस्रो हाफमा मनाङले अग्रता लिए पनि थ्रीस्टारले बराबरी गोल फर्काएपछि मनाङको उपाधि होड कठिन बनेको छ ।
प्रतिक्रिया 4