+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

महेश खड्कासँग वसन्तले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १३:१७
संगीतकारद्वय महेश खड्का र वसन्त सापकोटा

१ फागुन, काठमाडौं । संगीतकार वसन्त सापकोटाले अर्का संगीतकार महेश खड्कासँग माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महेशसँग आगामी दिनमा केही असमझदारी देखा परे मिलेर समाधान गर्नेगरी माफी मागेका हुन् ।

उनले लेखेका छन्, ‘मानिसबाट गल्ती हुन्छ । कुराहरु जति धेरै बढाउँदै लग्यो त्यति नै बिग्रिंदै जाने हुनाले मबाट केही गल्ती भएको छ भने सबैसँग माफी माग्दछु । सुषुप्त मनभित्र कहिलेकाहीं राम्रो धुनहरु बस्न जान्छन् । कहिलेकाहीं एकैखालका शब्दहरु आउँदा धुनपनि मिल्न जान्छ । यही कुरालाई हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्कासँग आगामी दिनमा केही असमझदारी देखा परे मिलेर समाधान गर्नेगरी मेरोतर्फबाट पर्न गएको असुविधाप्रति माफी चाहन्छु ।’

वसन्तले आफूले संगीत भरेको ‘सागरसरी चोखो माया’ बोलको गीतको धुनबाट महेशले ‘नोगेन’ बोलको गीतको ‘मेरो आश बन्यौं नोगेन’को लाइनको संगीत चोरेको आरोप लगाएका थिए ।

वसन्तले संगीत चोरीको आरोप लगाएपछि महेशले पत्रकार सम्मेलन गर्दै प्रमाणित गरेर देखाउन र नत्र मानहानीको मुद्दा हाल्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?