+
+

राष्ट्रियसभा उपाध्यक्षलाई पनि संवैधानिक परिषद‍्मा राख्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १६:१६

१ फागुन, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षलाई पनि संवैधानिक परिषद‍्मा राख्न माग भएको छ ।

राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहाल र ६ वटा प्रदेशसभाका उपसभामुखले संवैधानिक परिषद्‍मा राष्ट्रियसभा उपाध्यक्षलाई पनि राख्न माग गरेका हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद‍्मा हाल विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिनिधिसभाका उपसभामुख मात्र सदस्य रहने व्यवस्था छ ।

काभ्रेको धुलीखेलमा माघ २६ र २७ गते राष्ट्रियसभाकी उपाध्यक्ष दाहाल र प्रदेश सभाका उपसभामुखहरूबीच अन्तर्क्रिया भएको थियो । सो अन्तर्क्रियाको निचोड माघ २९ गते राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको थियो ।

राष्ट्रियसभा उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखहरुले संघ, प्रदेश र स्थानीय तहका साथै राज्यका हरेक निकायमा एक तिहाइ महिलालाई सहभागी गराउन माग गरेका छन् ।

त्यस्तै संघीय संसदमा सभामुख र राष्ट्रिय सभा अध्यक्षमध्ये एक जना महिला हुनुपर्ने, प्रदेश सभातर्फ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभाका सभामुखमध्ये एक तिहाई महिला हुनुपर्ने माग गरिएको छ ।

स्थानीय तहतर्फ पालिकाका प्रमुख र अध्यक्षमा एक तिहाइ महिला हुनुपर्ने गरी व्यवस्था गर्न पनि माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?