+
+

प्रविधिमा चीनको छलाङ : संसारकै ठूलो फाइभजी नेटवर्क बन्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १८:४२

२ फागुन, काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक चीनले सूचना एवं सञ्चार प्रविधिमा निकै ठूलो छलाङ हानेको छ । यसै क्रममा त्यहाँ संसारकै विशाल फाइभजी नेटवर्क स्थापना गरेको छ ।

सोमाबार चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले गत वर्षको अन्त्यसम्ममा झण्डै १४ लाख ३० हजार फाइभजीका ‘बेस स्टेशन’ निर्माण भएको जनाएको हो । योसँगै संसारभरका फाइभजी नेटवर्कमध्ये ६० प्रतिशतभन्दा बढी चीनमा रहेका छन् ।

मन्त्रालयका अनुसार हरेक १० हजार मानिसलाई करिब १० वटा फाइभजीका बेस स्टेशनले सेवा प्रदान गरिरहेका छन् । जुन संख्या २०२० को तुलनामा दोब्बर हो ।

यो वर्षसमेत फाइभजी सेवा र गिगाबिट नेटवर्कलाई थप विस्तार गरिने मन्त्रालयको भनाइ छ । चीनमा फाइभजी नेटवर्कका लागि गत वर्षसम्म झण्डै २९ अर्ब डलर खर्च भइसकेको छ । साथै, सन् २०२३ सम्म फाइभजीका प्रयोगकर्ता ५६ करोडभन्दा बढी पुर्‍याउने लक्ष राखिएको छ ।

चीनका मोबाइल अपरेटरले आफ्ना ग्राहकलाई २०१९ को अक्टोबरदेखि पाँचौ पुस्ता (फिफ्थ जेनेरेशन)को सञ्चार सेवा प्रदान गर्न थालेका थिए । फाइभजी नेटवर्कको तीब्र विस्तारसँगै चीनले दूरसञ्चार प्रविधिमा अग्रणी भूमिका निभाउँदै आएको छ ।

सन् २०२० मा चीनभर ५ लाख ८० हजार फाइभजीका बेस स्टेशन स्थापना गरी सबै प्रमुख शहरलाई नेटवर्कमा जोडिएको थियो ।

विश्वका कैयौं मुलुकमा फाइभजी प्रविधि भर्खरै सुरु हुन थालेको छ । तर, गत वर्ष चिनियाँ कम्पनी हुवावेले सिक्सजी नेटवर्क स्थापना गर्ने घोषणा गरेको थियो । उक्त नेटवर्कलाई सन् २०३० सम्ममा बजारमा ल्याउने कम्पनीको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?