+

बाल क्यान्सर दिवस : बिरामीमध्ये दुई तिहाई उपचारबाट वञ्चित

२०७८ फागुन  ३ गते १२:४३ २०७८ फागुन ३ गते १२:४३
बाल क्यान्सर दिवस : बिरामीमध्ये दुई तिहाई उपचारबाट वञ्चित

३ फागुन, काठमाडौं । नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो ।

कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझीले सबै अस्पतालमा आइपुग्ने सङ्ख्या जोड्दा अझै सो सङ्ख्यामा बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित रहेको बताए । अहिले एक तिहाई मात्र उपचार गर्न आउँछन् । आज नेपालसहित विश्वभरि अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइँदै छ ।

धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको उनले बताए । उनले भने, ‘क्यान्सरको उपचार खर्चालु छ, दुई/तीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर धेरै अभिभावकले बालबालिकालाई उपचार गराउन ल्याउँदैनन् । अभिभावकलाई क्यान्सर रोग उपचार गरे निको हुन्छ र धेरै खर्च लाग्दैन भनेर चेतना जगाउनुपर्दछ ।’

सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ । एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । उनका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावको कारणले उपचार नगरिकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् । नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेकोमा तीमध्ये एक हजार ५०० बालबालिका रहने गरेका छन् ।

नेपालमा बालबालिकाको क्यान्सर कान्ति अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल लगायत उपचार हुन्छ । कान्तिमा गतवर्ष २०० जना बाल क्यान्सरका बिरामीको उपचार भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको फोकस राष्ट्रको रुपमा समेत सूचीकृत गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा विष्णुदत्त पौडेलले बाल क्यान्सर उपचार गरे ७० प्रतिशतलाई निको हुने बताउँछन्। क्यान्सरबाट जोगाउन बालबालिकाको उपचारमा पहुँच पुर्‍याउनुपर्छ । साथै उपचार केन्द्रलाई थप सृदढीकरण गर्नु आवश्यक रहेको उनी बताउँछन् ।

पौडेलका अनुसार गतवर्ष भक्तपुर क्यान्सर अस्पतालमा एकदेखि चार वर्षसम्मका ४३, पाँच वर्षदेखि १४ वर्षसम्मका १६३ र १५ देखि १९ वर्षसम्मका २१४ जनाको उपचार भएको थियो । अस्पतालका निर्देशक डा पौडेलले बालिकाको पाठेघरमा हुने क्यान्सरको खोप लगाउन सके यो रोग नलाग्ने बताउँछन् ।

यस्तै तिलगङ्गा आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार बालबालिकाका आँखाको भित्री भागको पर्दाबाट पलाउने (रेटिनोब्लास्टो) क्यान्सर बढी हुने गरेको बताउँछिन् । पाँच वर्ष मुनिका बालबालिकालाई यस्तो समस्या हुने उनको भनाइ छ । उनका अनुसार यस्तो रोग १५ हजार बालबालिकामध्ये एकजनामा देखिन्छ । यसको ढिलो उपचार भएमा आँखाको सबै भागमा फैलिएर अन्धोपनजस्ता समस्या हुने भएकोले समयमा नै उपचार गर्नुपर्ने हुन्छ । तिलगङ्गामा वार्षिक ५० जना बालबालिकालाई रेटिनोब्लास्टो क्यान्सर हुने गरेको बताउँछिन् ।

यस्तै, पाटन अस्पतालका बालरोग तथा क्यान्सर रोग विशेषज्ञ डा. सुचारिका तुलाधरले अस्पतालमा दुई वर्षदेखि बाल क्यान्सरको उपचार गर्न थालिएको जानकारी दिइन् । अस्पतालमा ३० जनासम्म बाल क्यान्सर बिरामीको उपचार गरिएको छ ।

क्यान्सर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?