
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाँकेको नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरका लागि ८ वटा सीसीटीभी क्यामेरा सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिलाई उक्त परिमाणको सीसीटीभी क्यामेरा सहयोग गरेको हो ।
गुठी व्यवस्थापन समितिको सहकार्यमा मन्दिरमा ८ थान सीसीटीभी क्यामेरा जडानको शुभारम्भ भएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ, मार्केटिंङ प्रमुख बसन्त बक्शी, कोहलपुर क्षेत्रीय प्रमुख विजय केसी, नेपालगञ्ज शाखाका प्रबन्दक प्रवीन केसी, अन्य कर्मचारी, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको पदाधिकारीहरुकव सहभागिता रहेको थियो ।
यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
प्रतिक्रिया 4