
४ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ ।
आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुनेछ । खासगरी एमसीसी नेपाल कम्प्याक्टबारे छलफल हुने नेताहरूले बताएका छन् ।
आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठकमा एमसीसी टेबुल गर्ने तयारी छ ।
एमसीसीविरुद्धको जनमतका कारण माओवादी नेतृत्वलाई भने एमसीसी संसदबाट पास नगर्न दबाब छ । माओवादीका जनवर्गीय संगठनहरुले एमसीसीको विरोधमा सडकमा प्रदर्शन गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4