+
+
Shares

रुसीहरू अमेरिकाका दुस्मन होइनन् : बाइडन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १२:१७

४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी जनता अमेरिकाको दुस्मन नभएको बताएका छन् ।

मंगलबार ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले रुसी जनता अमेरिकाको दुस्मन नभएको बताएका हुन् । अमेरिकाबाट रुसलाई कुनै खतरा नभएको र आफूहरूले त्यहाँका मानिसलाई निशाना नबनाएको पनि बाइडनको भनाइ थियो ।

‘अमेरिका र नेटोबाट रुसलाई कुनै खतरा छैन । युक्रेनबाट पनि रुसलाई खतरा छैन । युक्रेनमा अमेरिका र नेटोका क्षेप्यास्त्र छैनन् । त्यहाँ क्षेप्‍यास्त्र राख्ने हाम्रो कुनै योजना छैन’ बाइडनले भने, ‘हामीले रुसका मानिसलाई निशाना बनाएका छैनौं । हामी रुसलाई अस्थिर बनाउन चाहन्नौं । र म रुसी जनतालाई भन्न चाहन्छु- तपाईंहरू हाम्रो दुस्मन होइन ।’

बाइडनले दोस्रो विश्व युद्धको प्रशंङ्ग कोट्याउँदै इतिहासकै सबैभन्दा खराब युद्धमा रुसी र अमेरिकीहरू सँगसँगै लडेर ठूलो बलिदान गरेको पनि  बताए। ‘दोस्रो विश्व युद्ध आवश्यकताको युद्ध थियो’ उनले भने, ‘तर रुसले युक्रेनमा हमला गरेपछि सुरु हुने युद्ध कुनै कारण वा लक्ष्यविनाको अनि छनौटको युद्ध हुने छ ।’

गहिरो पारिवारिक एवं साँस्कृतिक सम्बन्ध रहेको हुँदा रुसी जनताले युक्रेनसँग विशानकारी युद्ध नचाहेको पनि बाइडनको भनाइ थियो । रुसले युक्रेनमा हमला गरे त्यहाँ निकै ठूलो मानवीय क्षति हुने र सारा विश्वले निन्दा गर्ने पनि उनले बताए ।

‘यदि रुसले आउँदा दिन वा हप्तामा हमला गरे युक्रेनले निकै ठूलो मानवीय क्षति व्यहोर्ने छ र रुसले समेत निकै ठूलो रणनीतिक मूल्य चुकाउने छ’ बाइडनलाई उदृत गर्दै सीएनएनले लेखेको छ, ‘रुसले अनावश्यक मृत्यु एवं ध्वंश रोजेको कुरालाई विश्वले बिर्सने छैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?