+
+

थापालाई राखेपको कार्यकारी अधिकार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १८:३१

४ फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कुलबहादुर थापालाई राखेपका सदस्य-सचिवको अनुपस्थितिमा सदस्य-सचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार प्रदान गरिएको छ ।

‘मन्त्रिपरिषद‍्को निर्णयानुसार राखेपको सदस्य-सचिवको अनुपस्थितिमा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार परिषद्का अध्यक्षले मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने निर्णय भए बमोजिम राखेपका सदस्य–सचिव अनुपस्थित रहेको अवस्थामा निजले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार तपाईंलाई दिएको छु ।’ राखेप अध्यक्षसमेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । मन्त्रिपरिषद‍्ले उक्त निर्णय गत माघ २४ गते गरेको थियो ।

थपासँग राखेप मातहतका विभिन्न विभाग र शाखमा प्रमुख भई काम गरेको अनुभव छ । साथै, समारोह विज्ञको रुपमा परिचित थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महत्त्वपूर्ण जिम्मेवारीमा रही काम गरेका छन् । उनले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा थापाले समारोह निर्देशकको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । थापाले बिहीबार पद वहाली गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?