+
+

महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग वाणिज्य संघलाई फर्निचर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १४:५२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कैलारी उद्योग वाणिज्य संघलाई फर्निचर सहयोग गरेको छ । महालक्ष्मी विकास बैंकको हसुलिया शाखाले कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई फर्निचर हस्तान्तरण गरेको हो ।

बैंकका अनुसार सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

उद्योग वाणिज्य संघको कार्यालयलाई २ थान टेबल , १ थान स्टिल दराज, २ थान सोफा कुर्सी र ५ थान प्लास्टिकको कुर्सी  हस्तान्तरण गरिएको बैंकका शाखा इन्चार्ज जगुराम डगौराले जानकारी दिए ।

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बैंकले वित्तीय सेवाका साथै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?