+
+

३ दलको बैठकपछि प्रचण्डले भने : हाम्रो जोड गठबन्धन बचाउनेमा छ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १५:३२

५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् ।

बिहीबार साँझमा पाँच दलीय समन्वय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो ।

उक्त छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई कसरी निकास दिने भनेर छलफल भएको बताए ।

तीन दलबीच साझा धारणा बन्यो भन्ने प्रश्नमा उनले भने, ‘हामी तीन दललाई एक मत बनाउने भनेर लागेकै छैनौं । पाँच दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने छ ।’

बिहीबार साँझ बस्ने पाँच दलको बैठकले एउटा निकास निकाल्ने उनले बताए । प्रचण्डले भने, ‘हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?