+
+

३ वर्षभित्र सबै विद्यालयका पूर्वाधार बन्छन् : मन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते ७:२०

६ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भौतिक पूर्वाधार बन्ने बताएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिका-१७ ठहिटीमा अवस्थित शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सरकारले सबै सार्वजनिक विद्यालयका भवन बनाउने बताएका हुन् ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत करिब १९ सय विद्यालय बनेका छन्’ मन्त्री पौडेलले भने, ‘देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा अब विद्यालयका पूर्वाधार बन्छन् ।’

उनले आगामी जेठ १ गतेबाट नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन हुने जानकारी पनि दिए ।

अर्थमन्त्रीसँग छलफल

यसैबीच शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग शिक्षामन्त्री पौडेलले छलफल गरेका छन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर सहज रुपमा ऋण उपलब्ध गराउने विषयमा बिहीबार मन्त्री पौडेलले अर्थमन्त्री शर्मासँग छलफल गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई प्रमाणपत्र धितो राखी २५ लाख रुपैयाँसम्म कर्जा दिने कार्यक्रम बजेटमा समेटिए पनि त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?