+
+

कोरियाको ग्वान्जु गाउँमा जन्मिएका जे होप कसरी बने विश्व चर्चित पप स्टार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १७:३०

६ फागुन, काठमाडौं । सन् १९९४ फेब्रुअरी १८ मा दक्षिण कोरियामा जन्मिएका जे होप शुक्रबार आफ्नो जन्मदिन मनाउँदैछन् । विश्व चर्चित म्युजिकल ब्याण्ड बीटीसीका सदस्य जे होप सन् २०१३ मा यो ब्याण्डसँग जोडिएका थिए ।

सन् २०१८ मा उनले आफ्नो पहिलो एल्बम ‘होप वर्ल्ड ’ सार्वजनिक गरेपछि उनको सांगीतिक यात्राले नयाँ उचाइ लियो । यो एल्बम त्यसबेला यूएस बिलबोर्ड चार्टमा क्रमशः ६३ र ३८ नम्बरमा थियो । सन् २०१९ मा जे होपले ‘चिकेन नुडल सुप’ नामक गीत निकाले । यो यूएस विलबोर्ड हट १०० मध्ये ८१ नम्बरमा थियो ।

जे होपको जन्म कोरियाको ग्वान्जु भन्ने गाउँमा भएको हो । उनी बुवाआमा र दिदीसँग बस्थे । बीटीएसमा आबद्ध हुनुअघि उनी आफ्नै गाउँमा नृत्य र संगीतको अध्ययन गर्थे । ४ कक्षामा पढ्दा नै उनले बिग हिट इन्टरटेन्मेन्टसँग सम्झौता गरेका थिए ।

जे होपले आफ्नो गाउँमा थुप्रै अवार्ड पनि जितेका थिए । सन् २०१३ जुन १३ मा जे होप बीटीएससँग आबद्ध भए । उनी यो ब्याण्डमा आबद्ध हुने तेस्रो सदस्य थिए । सन् २०१९ मा जे होपले बीटीएसका सदस्य वी र जारा लार्सनसँग मिलेर मोबाइल गेम बीटीएस वल्र्डका लागि ‘ए ब्रान्ड न्यू डे’ नामक साउन्ड ट्र्याकमा काम गरेका थिए । सन् २०१८ मा उनले आफ्ना ब्यान्डका सदस्यहरुसँग दक्षिण कोरियाका राष्ट्रपतिद्वारा प्रदान गरिने पाँचौं श्रेणीको ‘ह्यागवान अर्डर अफ कल्चरल मेरिट’ प्राप्त गरेका थिए ।

सन् २०१८ मा उनले गरेको ट्विट विश्वमै सबैभन्दा धेरै मन पराइएको पोस्ट बन्न पुगेको थियो । जहाँ उनले ‘इन माई फिलिङ्स च्यालेञ्ज’ लेखेका थिए ।

सामाजिक सेवामा पनि जे होप सक्रिय छन् । ‘ग्रीन नोबेल क्लब’का उनी सदस्य हुन् । जसले सन् २०१८ मा चाइल्ड फन्ड कोरियालाई ९० हजार डलर सहयोग गरेका थिए । उनले डिसेम्बरमा १ लाख ३५ हजार डलर सहयोग गरेका थिए । यस्तै जे होपले कोभिडका कारण आर्थिक समस्या भोगिरहेका बालबालिकाहरुका लागि एक सय मिलियन सहयोग गरेका थिए । मे ४ मा मनाइने विश्व बालदिवसको अवसरमा जे होपले तान्जानियाका हिंसा प्रभावित बालबालिकाका लागि सय मिलियन सहयोग गरेका थिए ।

सन् २०१८ मा जे होपले चाइल्ड फन्ड कोरियाका लागि ८ सय मिलियन सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?