+
+

भारतीय टेस्ट टिमको कप्तानमा पनि रोहित शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते २०:३७

७ फागुन, काठमाडौं । भारतको टेस्ट क्रिकेट टिमको कप्तानको जिम्मा रोहित शर्माले पाएका छन् । यसअघिका कप्तान विराट कहलीले राजीनामा दिएपछि ३४ वर्षका शर्मा कप्तान बनेका हुन् ।

भारतले आउँदो मार्च १ देखि श्रीलंकासँग दुई टेस्टको श्रृङखला खेल्दैछ । सम्भवतः रोहितले सोही खेलदेखि टेस्ट टिमको कप्तानी गर्नेछन् । हाल उनले एक दिवसीय र टी–२० क्रिकेटमा पनि भारतको कप्तानी गर्दै आएका छन् ।

भारतीय टेस्ट टिमको कप्तानमा केएल राहुल, जसप्रित बुम्राह र ऋषभ पन्तको पनि चर्चा थियो । तर छनोटकर्ताहरुको नजरमा रोहित परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?