+
+

अर्थमन्त्री शर्मा संसद बैठकमा अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १३:५९

८ फागुन, काठमाडौं । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् ।

संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची संघीय संसद सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् ।

उनको सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने, ‘मन्त्रीज्यू विरामी भएकाले निवासमै रेष्ट गरिरहनु भएको छ, उहाँ संसद बैठकमा जानु भएको छैन ।’

एमसीसी पेश गर्ने विषयमा नेकपा माओवादीभित्रै तीव्र मतभेद छ । सत्ता गठबन्धनको आजको बैठकमा अध्यक्ष प्रचण्डले टेबल गर्न सहमती जनाएका छन् । त्यसलगत्तै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने निर्णय गरेको थियो ।

तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थित माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले एमसीसी टेबल गर्ने निर्णयमा लिखित असहमति जनाएका छन् ।

कार्यव्यवस्थाको बैठकपछि संघीय संसद सचिवालयले प्रकाशित गरेको बैठकको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?