+
+

संसदमा देव गुरुङले सभामुखलाई भने : एमसीसी टेबल नगरौं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १३:५८

८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले एमसीसी पनि टेबल गर्न नहुने बताए ।

एमसीसी कार्यसूचीमा राख्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति पनि नभएको भन्दै गुरुङले संसद अवरोध भइरहेका बेला बरु संसद खुलाउन ध्यान दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?