+
+

सभामुखलाई एमालेको प्रश्न : भीम रावललाई के आधारमा बोल्न दिनुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १६:४१

८ फागुन, काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभामा भीम रावललाई बोल्न दिएकामा नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आपत्ति जनाएको छ ।

आइतबारको संसद बैठकमा  नेकपा एमालेका अधिकांश सांसदले रोष्ट्रममा नाराबाजी गरिरहेका बेला सांसद भीम रावलले एमसीसी पेश गर्ने कार्यसूचीप्रति आपत्ति जनाउँदै बोलेका थिए ।

सभामुख सापकोटाले रावललाई दलीय आधारमा पाँच मिनेटको समय दिएपछि एमालेले आपत्ति जनाएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहितले सभामुख सापकोटालाई भेटेर रावललाई बोल्न समय दिइएकोमा अपत्ति जनाएका हुन् ।

‘संसदमा वक्ता चयन दलले भनेपछि हुने हो । तर के अधारमा भीम रावललाई बोल्न दिनुभयो ?’, प्रमुख सचेतक भट्टराईले सभामुखसँग प्रश्न गरेका थिए । एमसीसी सम्झौता पेश गरिएको आइतबारको बैठकमा एमालेले नाराबाजी कायमै राखेको थियो ।

तर रावलले भने समय लिएर एमसीसी टेवल गर्न नहुने पक्षमा बोलेका थिए भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरिरहँदा विपक्षमा आवाज उठाएका थिए । ‘संसदीय प्रक्रियामै हामी सामेल हुने परिस्थिति बनेको थिएन । तर भीम रावललाई सभामुखले बोल्ने समय दिनुभयो । यसमा आपत्ति छ’, भट्टराईले भने ।

सभामुख सापकोटाले भने आफूबाट कमजोरी हुन पुगेको स्वीकार गरेको उनले बताए । सभामुखको सचिवालयले भने सार्वभौम संसदमा सांसदले समय मागेपछि समय दिएको प्रतिक्रिया दिएको छ । ‘एमालेले दलगत रुपमा सोधेर मात्र बोल्न समय दिनुपर्ने कुरा उठाएपछि सभामुखको ध्यानाकर्षण भएको छ’ सचिवालय स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?