+
+

ओलिज स्टोरको उपत्यकाबाहिर पहिलो शाखा इटहरीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १७:३४

विश्व चर्चित कम्पनीका नयाँ नयाँ ब्राण्डहरु नेपाल भित्र्याउँदै आएको ‘ओलिज स्टोर’को नयाँ शाखा इटहरीमा खुलेको छ । कोशी राजमार्ग अन्तर्गत इटहरीको धरान रोडमा आइतबार नयाँ शाखाको उद्घाटन गरिएको स्टोरका सञ्चालक लोकेश ओलीले जानकारी दिए ।

यो शाखा उपत्यका बाहिर ओलिज स्टोरको पहिलो र प्रदेश १ मा एप्पलको पहिलो आधिकारिक स्टोर भएको पनि ओलीले जानकारी दिए ।

स्टोरले नेपालमा एप्पल लगायत विभिन्न ब्राण्डका जेन्युन ग्याजेट तथा एसेसरिजहरु उपलब्ध गराउँदै आएको छ । काठमाडौंको बबरमहलमा मुख्य स्टोर रहेको ओलिजले देशभर अनलाइनमार्फत विभिन्न ब्राण्डका ग्याजेट तथा एसेसरिजहरु बिक्री गर्दै आएको थियो । तर नयाँ शाखा खुलेसँगै ग्राहकहरुलाई थप सुविधा थपिने सञ्चालक ओलीले जानकारी दिए ।

‘अहिले पनि अनलाइनमार्फत देशभर निःशुल्क सामान पुर्‍याउने गरिएको थियो,’ उनी भन्छन्, ‘तर नयाँ शाखा खुलेसँगै ग्राहकहरुले छिटो सामान प्राप्त गर्न सक्नेछन् ।’ अहिलेसम्म दराजको आधिकारिक बिक्रेता नपुगेको र बजारको हिसाबले धेरै सम्भावना बोकेको क्षेत्र भएकाले आफ्नो उपत्यका बाहिरको पहिलो शाखा इटहरीमा खोलेको ओली बताउँछन् ।

सन् २००७ मा स्थापना भएको स्टोरले आइफोन, आइप्याड, म्याकबुकका कभर र केवल, अन्य ब्रान्डको स्मार्टफोनका स्पिकर, हेडफोन, एम्प्लिफायर, मिडिया प्लेयर, होम थिएटर स्पिकर, प्रोजेक्टरलगायतका सामग्रीहरु बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?