+
+
ए डिभिजन लिग :

जावलाखेलसँग हिमालयन शेर्पा पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १८:०८

८ फागुन, काठमाडौं ।  शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले आईतबार हिमालयन शेर्पा क्लबलाई २-१ गोलले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ओङ्गुना जुनियरले ८८औं मिनेटमा गोल गरेपछि जावलाखेलले जित हात पारेको हो ।

खेलको १५औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । रुपले कर्नरबाट सिधै गोल गरे ।

खेलको ७१ औं मिनेटमा अमृत श्रेष्ठले हिमालयनका लागि बराबरी गोल गरेका थिए ।

विशन गुरुङको कर्नरमा अमृतले एक्रोब्याटिक गोल गरे । त्यसपछि खेलको ८८ औं मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २-१ को जित दिलाए ।

जितपछि जावलाखेलले १२ खेलबाट १३ अंक जोडेको छ । हिमालयनको पनि १२ खेलमा १३ अंक नै छ ।

समान अंक भएपनि हेड टु हेडमा अघि रहँदै जावलाखेल नवौं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?