+
+

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १३:१५

९ फागुन, दाङ । दाङको लमही-तुलसीपुर सडकखण्डमा ट्रकको ठक्करबाट सोमबार विहान मोटरसाइकल चालकको मुत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–३ भानुचोक नजिकै लमहीतर्फ जाँदै गरेको प्रदेश नं. १ ०२००१ ख ९४०४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

त्यस क्रममा चालक १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घटनापछि मृतकका परिवारले लमही–घोराही सडकखण्ड अवरुद्ध गरेका छन् ।

बिहान ९ बजेदेखि मृतक र आफन्तले घोराही–३ कुइरेपानी नजिकै सडक अवरुद्ध गर्दा लमही–घोराही सडकखण्डमा गाडी  रोकिएका छन् । मृतकका आफन्त ट्रक चालकलाई कारबाही गर्नुपर्ने र मृतकको परिवारलाई राहत दिनुपर्ने माग गरिरहेका छन् ।

ट्रकचालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?