९ फागुन, काठमाडौं । भारतको मुम्बई शहरबाट काठमाडौंका लागि सिधा हवाई सम्पर्क पुनः सञ्चालन हुने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि यो रुटमा जहाज उडेको छैन । भारतको निजी वायुसेवा कम्पनी इन्डिगो एयरले १८ फागुन (२ मार्च)देखि मुम्बईबाट काठमाडौं उडान गर्ने गरी मिति तोकेको हो । कम्पनीले सातामा तीन उडान यस रुटमा गर्ने भएको छ ।
इन्डिगोले आइतबार, बुधबार र शुक्रबार यस रुटमा उडान गर्ने भएको छ । यो कम्पनीले यसअघि १६ फेब्रुअरीदेखि दिल्ली–काठमाडौं रुटमा उडान थालिसकेको छ । यस रुटमा दैनिक एक उडान भइरहेको छ ।
काठमाडौं–मुम्बई रुटमा यसअघि नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेको थियो । नेवानिले भने कोरोना महामारीपछि यस रुटलाई पुनः सुचारु गर्न सकेको छैन ।
हेर्नुहोस् उडान तालिकाः

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4