+
+

धरानमा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते ११:३९

१० फागुन, काठमाडौं । सुनसरीको धरान-४ मा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।

शव झापाको दमक नगरपालिका-५ का दिनेश सिग्देलको भएको खुलेको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।

प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरी बताउँछ । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ ।

गत साता धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र टाउको र त्यसको भोलिपल्ट त्यही ठाउँमा शरीर भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?