+
+

लागू औषधसहित दुईजना बालाजु क्षेत्रबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १९:०८

११ फागुन, काठमाडौं । प्रहरीले लागू औषधसहित दुईजनालाई बालाजु क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-८ लामबगर घर भई २४ वर्षीय प्रवीण महर्जन र सोही नगरपालिका बस्‍ने ३० वर्षीय सुशील श्रेष्ठ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट तथा प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नुफिन ३२/३२ थान गरी ९६ थान एक्पुल सेट, ओप्पो, सामसुङ र रेडमी कम्पनीको तीनवटा मोबाइल र नगद ६१ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त बालाजुले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?