
१२ फागुन, काठमाडौं । गायिका देवी घर्तीमगर र गायक ध्रुव विस्कोको स्वरमा रहेको ‘तिम्रै हुन पाउँ’ बोलको गीत सार्वजनिक भएको छ । वियोगान्त यो गीतको भिडियोमा पुष्प खड्का र मनिषा थापाले अभिनय गरेका छन् ।
पत्नी वियोगमा परेका पतिको पीडालाई चित्रण गरिएको यो गीतको भिडियोमा गायक बिस्कोकै कथा, पटकथा र निर्देशन छ । भिडियोमा पुष्प र मनिषासँगै कलाकारहरु दिनेश डीसी, रश्मी भट्ट, जेरी भण्डारी र वर्षा भण्डाराको अभिनय छ ।
ज्ञानेन्द्र हुमागाईंको छायांकन रहेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4