+
+

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बानेश्वरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते २०:४४

१२ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई काठमाडौं प्रहरी परिसर टेकुले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्‍ने ३७ वर्षका हस्तबहादुर ठाडा मगरलाई बिहीबार पक्राउ गरिएको एसपी दिनेशराज मैनालीले बताए ।

उनलाई उच्च अदालत पाटनले २०७७ साल फागुन १३ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै एक करोड पाँच लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

मगरले बाराको निजगढस्थित बस्तीमा आफ्नो जग्गा भएको भन्‍दै विश्‍वासमा पारी १ करोड पाँच लाख बैना रकम लिएको र पछि नक्कली लालपुर्जा भएको थाहा पाएपछि उक्त रकम फिर्ता गर्दा जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

बानेश्वरमा लुकिछपी बसिरहेको अवस्थामा मगरलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि पाटन उच्च अदालतमा पेश गरिएको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?