+
+

सुर्खेतको बुलबुले गेटमा भेटिएको बम सेनाले निष्क्रिय पार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते ९:१८

१३ फागुन, सुर्खेत । सुर्खेतमा आज बिहानै प्रेसर कुकर बम फेला पेरेको छ । वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा बम फेला परेको हो ।

बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

‘नो एमसीसी’ लेखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको डीएसपी घर्तीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?