+
+

‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ सुखद् : वितरक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १४:२३

१३ फागुन, काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ व्यापार सुखद् भएको वितरक करण क्रेजीले जानकारी दिएका छन् । चलचित्रको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा पुगेका वितरक क्रेजीले बिहानी शोबाट नै दर्शकको उपस्थिति सुखद् रहेको बताए ।

उनले भने, ‘काठमाडौंभित्रका अधिकांश हलमा चलचित्रले सुखद् व्यापार गरेको छ । लामो समयपछि हलमा नयाँ चलचित्र लागेकाले पनि दर्शक फर्किन समय लाग्छ । तर, यो विषम परिस्थितिमा ओेपनिङमा दर्शकको उपस्थिति सुखद् मान्नुपर्छ ।’

चलचित्रको विषयमा प्रतिक्रिया बुझ्न हलमा पुगेकी अभिनेत्री पूजा शर्माले पनि दर्शकको मायाले खुसी लागेको बताइन् । ‘दर्शकले चाहनुभयो भने कसैको पनि केही लाग्दैन । हामीले आशा गरेको भन्दा राम्रो व्यापार भएको छ । आगामी दिनमा दर्शकको माया अझै पाउनेमा विश्वस्त छौं,’ उनले भनिन् ।

निर्देशक सुदर्शन थापाले काठमाडौं बाहिरबाट पनि राम्रो रिपोर्ट आइरहेको बताए । उनले भने, ‘लामो समयपछि हल खुलेकाले पनि हामी अहिले नै धेरै उत्साहित हुँदैनौं । तर हलमा आज बिहानदेखिको दर्शकको उपस्थिति राम्रो छ । चलचित्रले हलमा दर्शकलाई फर्काएको छ ।’

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?