+
+

एनसीसी बैंक र सोल्टी इन्टरप्राइजेजबीच सम्झौता

एनसीसी बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १६:१८

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा फुण्ड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत सञ्चालनमा रहेका अन्य होटलहरुमा समेत यो छुट प्राप्त हुनेछ ।

यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेज बीच प्रबर्द्धनात्मक कार्यक्रमहरु समेत सञ्चालन गर्ने सहमति भएको बैंकले जनाएको छ ।

नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको एनसीसी बैंकले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?