
१३ फागुन, काठमाडौं । आगामी वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लक्का जवान’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले यस चलचित्रलाई शुक्रबार सबै दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो ।
चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएसँगै निर्देशक शिवहरि पौडेलले खुसी व्यक्त गरेका छन् । यो चलचित्र कोरोनाअघि नै निर्माण सम्पन्न भएर प्रदर्शनका लागि तयार थियो । तर कोरोना संक्रमणका कारण निर्माण सकिएको तीन वर्षपछि चलचित्र प्रदर्शनमा आउन लागेको हो ।
हास्य कलाकार शिवहरि पौडेलको कथा, संवाद तथा निर्देशन रहेको चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।
अनुसुया श्रेष्ठ वन्त निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा किरण केसी, शिवहरि पौडेल र दिलीप रायमाझी छन् । कमेडी कथामा यो चलचित्र निर्माण गरिएको छ ।
प्रतिक्रिया 4