
१४ फागुन, काठमाडौं । मेसुके ओलाेमाेले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै एनआरटी शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा पुगेको छ ।
सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा शनिबार भएकाे खेलमा एनआरटीले एक गाेलले पछि परेकाे स्थिति उल्टाउँदै पुलिसलाई ३-१ ले हराएको हो । खेलको १२ औं मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता लिएको थियो ।
मेसुकेले खेलकाे दाेस्राे हाफमा तीन गाेल गरे । उनले ४७ औं, ६२ औं र ८३ औं मिनेटमा गाेल गर्दै ह्याट्रिक पूरा गरे । जितपछि एनआरटीले १३ खेलमा आर्मी समान २३ अंक जाेडेपनि हेड टु हेडमा पछि रहँदै तेस्राे भयाे । पुलिस १३ खेलमा १२ अंक जाेडेर ११ औं स्थानमा रह्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4