+
+

लिगको उत्कृष्ट गोलकिपर बने विशाल

नमिता दाहाल नमिता दाहाल
२०७८ फागुन १४ गते १९:४१
उत्कृष्ट गोलकिपरको उपाधि पाएपछि विशाल श्रेष्ठ । तस्वीर : शंकर गिरी/अनलाइनखबर ।

१४ फागुन, काठमाडौं ।  यस वर्षको शहीद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट गोलकिपरको उपाधि विशाल श्रेष्ठले पाए । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका गोलकिपर विशालले उत्कृष्ट गोलकिपरको उपाधिसँगै गोल्डेन ग्लोभ्स र दुई लाख रुपैयाँ पाए ।

कुनै पनि फुटबल टोलीको सफलतामा गोल रक्षकको महत्वपूर्ण भूमिका हुने गर्छ । गोलरक्षामा गत वर्षको ए डिभिजन लिगदेखि राम्रो लयमा देखिएका विशाल श्रेष्ठले यस बर्ष पनि आफ्नो प्रदर्शनमा कमी आउन दिएनन् । गत सिजन र यो सिजन दुई पटक मच्छिन्द्र क्लब च्याम्पियन बन्दा विशालको प्रमुख भूमिका रह्यो ।

गत सिजन सात खेलमा कुनै गोल नखाएका (क्लिन सिट राखेका) उनले यस पटक भने ११ खेलमा क्लिन सिट राखे । विशालले यस सिजन न्यूरोड टिमसँगको पहिलो खेलमा गोल खाएका थिए । खेलको ५४ औं मिनेटमा एरिक विष्टको फ्रिकिकको गोल नै विशालका लागि यो लिगको पहिलो गाेल थियो ।

त्यसपछि उनले शनिबार लिगको अन्तिम खेलमा एपीएफको तर्फबाट गोल खाए ।

१००० मिनेटको उत्कृष्ट ‘क्लिन सिट’

नेपाली फुटबल लिगको इतिहासमा विशाल श्रेष्ठले गोल नखाएको १००० मिनेट भएको छ । उनले हालसम्म लिगमा १०० खेल खेलिसकेका छन् । जसमा उनले ५० खेल क्लिन सिट राख्न सफल भएका छन् ।

उनले थ्रीस्टार क्लबसँगको खेलमा क्लिन सिट कायम राख्दै लिगमा क्लिन सिट राखेको ५० खेल र १ हजार भन्दा बढी क्लिन सिटको समय बनाएका हुन् । वि सं २०६६/२०६७ बाट ए डिभिजन लिग खेल्न थालेका विशाल पहिलो वर्ष गोला प्रथाबाट मनाङमा परेका थिए । त्यसैले उनको लिग करिअर मनाङबाटै सुरु भयो ।

सुरुवाती सिजनमा उनले २२ खेल खेल्न पाए । त्यसपछि २०६८ को सिजनमा उनले मनाङको लागि १७ खेल खेले । २०६९ मा भने उनले एक खेल मात्रै खेलेका थिए । हात भाँचिएको कारण उनले अन्य खेल खेल्न पाएनन् । २०७० मा भने मनाङका लागि २२ खेल खेले । त्यस्तै २०७५ मा भने मनाङका लागि १३ खेल खेले । २०७५ मा मनाङले उपाधि पनि जितेको थियो ।

चौथो पटक लिग उपाधि 

विशाल श्रेष्ठले पछिल्लो दुई सिजन मच्छिन्द्र क्लबबाट ए डिभिजन लिग खेले । त्यसअघि उनले मनाङ मर्स्याङ्दी क्लबबाट दुई सिजन खेलेका थिए । मनाङबाट २०१३/१४  र २०१८/१९ मा पनि मनाङले ए डिभिजन जित्दा टोलीमा थिए विशाल श्रेष्ठ ।

यो जितसँगै विशाल चौथो पटक ए डिभिजन लिग जित्ने टोलीको सदस्य रहे ।  उनीसँगै मछिन्द्रका फरवार्ड तथा कप्तान सुजल श्रेष्ठ र मिडफिल्डर विशाल राई पनि चौथो पटक लिग विजेता क्लबका खेलाडी बने ।

विशालको भूमिका

मच्छिन्द्र क्लबको यो च्याम्पियन यात्रामा महत्वपूर्ण भूमिका रह्यो गोलकिपर विशालको । उनको गोलरक्षामा मच्छिन्द्रको डिफेन्स लाइनले पनि बलियो साथ दियो । स्टार खेलाडीले भरिएको मच्छिन्द्रको डिफेन्स लाइनमा रञ्जित धिमाल, देवेन्द्र तामाङजस्ता अनुभवी खेलाडी छन् । बलियो डिफेन्स लाइन तोड्न हरेक टोलीलाई हम्मे नै पर्थ्यो ।  विशालका केही गोलकिपिङ भने उत्कृष्ट नै रहेका थिए ।

बलियो क्लबका खेलाडीले प्रहार गरेका केही उत्कृष्ट सटको बचाउले उनको गोलरक्षा क्षमता अब्बल सावित भएको छ । राष्ट्रिय टोलीमा १० वर्षसम्म बेञ्चमा नै सीमित भए विशाल श्रेष्ठ । किरण चेम्जोङ र विकेश कुथुको वैकल्पिक गोलरक्षक रहेका उनले १० बर्षसम्म राष्ट्रिय टोलीबाट मैदान उत्रिन पाएका थिएनन् ।

प्रशिक्षक अब्दुलाह अलमुताइरीको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भारतसँग खेलेको मैत्रीपूर्ण खेलमा उनले ८६ औं मिनेटमा किरण चेम्जोङलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गर्ने मौका पाएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?