
काठमाडौं । रुसका केही क्षेत्रमा ट्वीटरमाथि प्रतिबन्ध लागेको छ । रुसको सरकारले त्यहाँका केही क्षेत्रमा बन्देज लगाएको ट्वीटरले पुष्टि गरेको छ ।
एक विज्ञप्तीमा कम्पनीले भनेको छ– रुसमा केही मानिसहरुलाई ट्वीटर प्रयोगमा बन्देज लगाइएको कुरामा हामी जानकार छौं र हाम्रो सेवालाई सुरक्षित र पहुँचयोग्य बनाउनका लागि हामीले काम गरिरहेका छौं ।
यसअघि सेन्सरसिपको विवादका बीच शुक्रबार रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको थियो ।
रुसको सञ्चार नियामक निकाय रोस्कोम्न्याजरले फेसबुकमाथि रुसी नागरिकको अधिकार तथा स्वतन्त्रताको उल्लंघन गरेको आरोप लगाएको छ ।
फेसबुकले भने सरकारी मिडियाका समाचारको तथ्य जाँच तथा त्यस्ता सञ्चार माध्यमलाई राज्य नियन्त्रित भनेर लेख्ने कार्य रोक्नका लागि दिइएको दबाब अस्विकार गरेको जनाएको छ ।
इन्टरनेट केन्टिभिटी निगरानी संस्था नेटब्लक्सले रुसमा ट्वीटरको अवस्था करीब पूर्ण प्रतिबन्धको स्थितिमा रहेको जनाएको छ ।
बीबीसीका लागि रुसी संवाददाता स्टिभ रोजेनवर्गले रुसमा ट्वीटरमाथिको पहुँच नराम्रोसँग अवरुद्ध भएको भन्दै मेसेज जाने भए पनि धेरैबेर लाग्ने बताएका छन् ।
नेटब्लक्सका निर्देक आल्प टोकरले रुस्मा ट्वीटरमाथिको बन्देजले विद्यमान संकटको समयमा आम मानिसमा सूचना प्रवाह हुने कार्य उल्लेख्य रुपमा अवरुद्ध हुने बताएका छन् । यद्यपि रुसको सञ्चार नियामक निकायले ट्वीटरमाथि कारवाही गरेको सार्वजनिक रुपमा घोषणा भने गरेको छैन ।
-एजेन्सी
प्रतिक्रिया 4