+
+

सानिमा बैंकद्वारा बीमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १८:१०

काठमाडौं । सानिमा बैंकले दुर्घटनामा परी मृत्यु भएका आफ्नो खातावालाको एक पीडित परिवारलाई दुर्घटना बीमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

सानिमा बैंकको धनगढी शाखामा सानिमा दीर्घायु बचत खाता अन्तर्गत दीर्घायु तलब बचत खाता खोलेका गणेशप्रसाद ओझाको दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु भएका उनकी श्रीमती कमली पन्त ओझालाई दुर्घटना बीमा बापतको १० लाख रुपैयाँ रकम एक कार्यक्रमका हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सानिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले बीमा बापतको उक्त रकम कमली पन्त ओझालाई हस्तान्तरण गरेका हुन् ।

सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको ६ जटिल रोगको उपचार बीमा, रु. ५० हजारसम्मको औषधि उपचार बीमा, रु. १० हजार बराबरको ओपीडी सेवा र रु. ५ हजारसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?