+
+

देवाही गोनाहीका मेयर धर्मेन्द्र पटेल पक्राउ

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ फागुन १५ गते १८:४५

१५ फागुन, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल पक्राउ परेका छन् ।

उनलाई दुई लाख नगद र  साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो ।

नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अख्तियारको टोलीले मेयर पटेललाई पक्राउ गरेको पुष्टि गरे ।

मेयर पटेल, उनका स्वकीय सचिवलगायत चारजना पक्राउ परे पनि उनीहरूको बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

पटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?